सचिवमा बढुवाका लागि विष्ट सिफारिस

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, १५ : ५३
सचिवमा बढुवाका लागि विष्ट सिफारिस

काठमाडौं । रघुराम विष्ट सचिव बढुवाका लागि सिफारिस भएका छन् । सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको हो ।

५ कात्तिकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अवकास भएसँगै रिक्त पदमा सचिव बढुवा हुन लागेको हो ।लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गरेको हो ।

४ पटक लगातार कार्यसम्पादन मूल्यांकन नम्बरका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा एक जना मात्रै नाम सिफारिस गर्ने गरिन्छ ।

यसअघि ४ पटक कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर तीन–तीन जनाको नाम बढुवा सिफारिस भएकाले अहिले ज्येष्ठताका आधारमा बष्टि सिफारिस भएका हुन् । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले बिष्टलाई सचिवमा बढुवा गर्नेछ । उनलाई कुनै प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिने पक्कापक्की छ ।

प्रतिक्रिया दिनुहोस