काठमाडौँ । हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ ।
जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ ।
हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आज बिहानदेखि हिमपात भइरहेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा विपओपीका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो ।
बिहानदेखि नारा तथा लेखसहित उच्च क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेर घरबाहिर निस्कनसमेत समस्या बनाएको केसीले जानकारी दिनुभयो । हिमपात हुँदा किसान खुशी भएका छन् ।
जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । लामो समय पानी नपरेकाले जमीन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासी हेमन्त बोहराले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १९ पुस २०७७, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित
हुम्लामा हिमपात, जनजीवन प्रभावित
दार्चुलामा वर्षासँगै हिमपात