काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली अझै पनि बयलगाडाकै सिद्धान्तमा रहेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड–माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा अध्यक्ष प्रचण्डले ओली निरंकुश तानाशाह भएको र उनले देशलाई भड्खालोमा हाल्ने पुष्टि भएको बताए।
जनताले वाम गठबन्धनलाई मत दिएपछि स्थिरता आउनेछ, समाजवादको आधार तयार हुनेछ भनेर आशा गरे पनि त्यो निराशामा परिणत भएको भन्दै अध्यक्ष प्रचण्डले जनतासँग माफीसमेत मागेका थिए । प्रधानमन्त्रीबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको भन्दै प्रचण्डले क्षमा मागे। अध्यक्ष प्रचण्डले भने, ‘सबैजना कोरोनाका कारण लकडाउन हुँदा केपी ओली पार्टी फुटाउन अध्यादेश ल्याउन लाग्नुभयो ।’
अध्यक्ष प्रचण्डले भने, ‘मेरो गल्ती कमजोरी पार्टी फुट्ला कि भन्दै केपी ओलीले भनेको मान्दै जाने भयो, पछिल्लो दुई वर्षमा मैले उहाँले भनको मान्दै गएँ, तर उहाँ सम्पूर्ण अधिकार एकाधिकार गर्दै जाने भयो ।’ एउटा नियोजित षडयन्त्रअनुसार ग्रायन डिजाइन नै ओलीले चलाएको प्रचण्डको भनाइ छ । लोकतन्त्रको हत्यालाई रोक्ने तागत नेपाली जनतामा मात्र रहेको उनले बताए । अध्यक्ष प्रचण्डले भने, ‘हामी जनतामा जान पार्टीको तर्फबाट पहिलो कार्यक्रम लिएर आएको हौँ । सार्वभौम अधिकार दुई जना व्यक्तिले हत्या गर्न मिल्छ, हामी तुरुन्त एक्सनमा जानुपर्छ ।’
उनले केपी ओलीलाई प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाए । अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीजस्तो ढाँटछल गर्न जानेका छैनौँ, हामी छोड्नेवाला छैनौँ ।’ प्रचण्डले सचिवालयमा केपी ओलीले आफ्नो कुर्सी नै हटाएको प्रसङ्ग सुनाए । उनले भने, ‘हामी क्रान्तिकारी भयौँ, उहाँ प्रतिक्रान्ति हुनुभयो, यसअर्थमा म उहाँलाई धन्यवाद दिन्छौँ ।’
अध्यक्ष प्रचण्डले आफू जनताको छोरो भएको हुनाले जनतामाझ आउँदा आफूलाई खुसी लागेको बताए । उनले भने, ‘फेरि पनि जनतासँगै बस्ने जनताको छोरो बनाउने अवसर केपी ओलीले बनाइदिएको हुनाले उहाँलाई धन्यवाद दिन्छ ।’ अध्यक्ष प्रचण्डले लडाइँ आफूले जितिसकेको बताए । उनले भने, ‘केपी प्रतिगमनको साथमा भए उहाँले हार्नुभयो, हामी जनताको साथमा भयौँ त्यसैले हामीले लडाइँ जित्यौँ ।’
अध्यक्ष प्रचण्डले एक जनाको सनकमै चुनाव, सनकमै १२ सय केन्द्रीय सदस्य बनाएर हुन्छ ? भन्दै प्रश्न गरे, ‘दुनियाँमा कहीँ हुँदैन त्यस्तो ।’ उनले हुनेवाला चुनावको घोषणा नभएको बताए । उनले भने, ‘यो गर्नलाई घोषणा गरिएको होइन ।’ उनले चुनाव भएरमात्र हुँदैन, भन्दै फेरि अर्को प्रधानमन्त्रीले विघटन गर्नुभयो भने के हुन्छ ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ पुस २०७७, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान कार्यान्वयनमार्फत जनताको अवस्था बदलौँ : प्रचण्ड
गलत विचारविरुद्ध झापाबाटै विद्रोह होस् : प्रचण्ड
उपसभामुख हटाउने योजनाबाट कांग्रेस-एमाले पछि हट्छन् : प्रचण्ड
माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छ : प्रचण्ड
संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व : प्रचण्ड
प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक छ : प्रचण्ड