कांग्रेस सभापति देउवासँग चिनियाँ टोलीले आज  भेटवार्ता गर्दै

सफल खबर संवाददाता

मंगलबार, १४ पुस २०७७, ०९ : २३
कांग्रेस सभापति देउवासँग चिनियाँ टोलीले आज  भेटवार्ता गर्दै

काठमाडौँ । चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतासँग भेटवार्ता गर्दैछ । गत आइतबार नेपाल आएको चिनियाँ टोली त्यसयता नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छ ।

नेकपाका नेताहरुसँगको भेटपछि चिनियाँ टोलीले आज कांग्रेस सभापति देउवालाई भेट्न लागेको हो । बिहान साढे १० बजे देउवालाई भेट्न चिनियाँ टोली उनको निवास बुढानिलकण्ड पुग्ने बताईएका छ । बुढानिलकण्डमा देवासहित कांग्रेसका अरु केही नेतासँग पनि चिनियाँ टोलीले वार्ता गर्ने जनाइएको छ ।

चिनियाँ टोलीले आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । सोमबार सो टोलीले विभाजित नेकपाको (प्रचण्ड–नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेको हो । यस्तै चिनियाँ टोलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख अग्नि सापकोटासँग पनि भेटवार्ता गरेको छ ।

नेकपा विभाजनमा गएपछि राष्ट्रपति सी जिनपिङको सन्देश लिएर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डल टोली नेपाल आएको हो । 

प्रतिक्रिया दिनुहोस