चिनियाँ टोली नेकपा अध्यक्ष प्रचण्ड भेट्न पुगे खुमलटार

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, ०९ : ४०
चिनियाँ टोली नेकपा अध्यक्ष प्रचण्ड भेट्न पुगे खुमलटार

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले  नेकपा  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डसँगको भेटका लागि चिनियाँ टोली उनको निवास खुलमटार केहीबेर अघि पुगेको हो । उनीहरुबिच अहिले वार्ता भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डसँगको वार्तापछि चिनियाँ टोलीमाधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर कार्यक्रम रहेको छ ।  यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा  केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।

आइतबार दिउँसो करिब साढे एक बजे काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो । श्रोतका अनुसार चिनियाँ टोली पार्टी एकतामा जोड दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस