समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास : झलनाथ खनाल

आइतबार, १० मंसिर २०७४, १४ : ५३
समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास  :  झलनाथ खनाल

इलाम, १० मंसिर  ।  नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी लोकतन्त्रबाट मात्र देशको विकास सम्भव रहेको बताउनुभएको छ  ।

स्थानीय सन्दकपुर गाउँपालिकास्थित माइपोखरीको आलुबारीमा आज आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री खनालले एमालेले समाजवादी लोकतन्त्रको वकालत गर्दै मुलुकको आर्थिक समृद्धि चाहेको स्पष्ट गर्नुभयो ।   

इलाम क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार खनालले आलुबारी क्षेत्रको कृषि र पर्यटनको विकास गरिने प्रतिबद्धतासमेत जनाउनुभयो ।
 

 

प्रतिक्रिया दिनुहोस