काठमाडौं l संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पुर्याएको छ ।
सरकारले खानेपानी तथा सहरी विकास मन्त्रालयलाई फुटाएर खानेपानी र सहरी विकास मन्त्रालय गरी दुईवटा बनाएको छ ।
श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालयलाई फुटाएर श्रम मन्त्रालय र रोजगार मन्त्रालय बनाइएको छ ।
शिक्षा, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइउको छ ।
समानन्य प्रशासन मन्त्री लालबाबु पण्डितले पार्टीलाई भागवण्डा पुर्याउन मन्त्रालय संख्या बढाइएको बताए ।
आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छ ।
प्रतिक्रिया दिनुहोस