संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १४ : ४०
संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेताका रुपमा प्रस्ताव गरेका थिए। संसद भवन नयाँ बानेश्वरमा जारी प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा नेपालले प्रचण्डलाई दलको नेताका रुपमा प्रस्ताव गरेका हुन् । 

बैठकलाई सम्बोधन गर्दै नेपालले गल्ती र कमजोरी स्वीकार गर्दै, पार्टी र देशविरुद्ध गरेको घातप्रति आत्माआलोचना गरे केपीलाई गरिएको कारबाही फिर्ता लिन सकिने बताए । उनले पार्टी एकताको पक्षमा सक्रियताका साथ लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह समेत गरे । 

यस्तै नेपालले राष्ट्रपतिले गरेको असंवैधानिक कार्यको विरोध गर्न पनि आग्रह गरेका छन् । पार्टीको तर्फबाट संघ, प्रदेश  र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि रुलाई पार्टी एकताको पक्षमा उभिन  पनि उनले जोड दिए । यस्तै केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा बस्न अयोग्य रहेकाले नयाँ प्रक्रियामा जान लागेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस