प्रचण्ड-माधव समूहका नेताहरु पुगे सर्वोच्च अदालत, सांसदको हस्ताक्षर सहित अदालतमा पेस गरे प्रमाण

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १५ : ३९
प्रचण्ड-माधव समूहका नेताहरु पुगे सर्वोच्च अदालत, सांसदको हस्ताक्षर सहित अदालतमा पेस गरे प्रमाण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै नेकपाका नेताहरु सर्वोच्च अदालतका पुगेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको तर्फबाट देव गुरुङलगायतका नेताहरु सर्वोच्च पुगेका हुन् । प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षर बुझाउन गुरुङलगायतका नेताहरु सर्वोच्च पुगेको एक नेताले जानकारी दिए । 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि बुधवार सुनुवाइ हुँदैछ । सुनुवाइको पूर्वसन्ध्यामा अदालतमा प्रमाण दिन भन्दै हस्ताक्षरसहित उनीहरू अदालत गएका हुन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए भने सोही कारण नेकपा विभाजन निकट पुगेको छ ।

प्रतिक्रिया दिनुहोस