काठमाडौँ । सर्वोच्च अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भुर्तेललाई गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले भुर्तेललाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसला उल्ट्याएको हो ।
चार पटकसम्म भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट बनेका भुर्तेलमाथि पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो ।
विशेष अदालतले डा. भुर्तेललाई ३ महिना कैद अनि ३२ लाख ५६ हजार रुपैयाँ बिगो र त्यति नै जरिबाना गराउन आदेश दिएको थियो । उनकी पत्नी रुकमिणीले पनि आरोपबाट सफाइ पाएकी छन् ।
डा. भुर्तेलमाथि भवन निर्माणमा ठेकेदारसँग मिलेर अनियमितता गरेको, उपकरण खरिदमा भ्रष्टाचार गरेको केजको जग्गा भाडामा दिँदा व्यक्तिगत लाभ लिएको लगायतको आरोपसहित गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो ।
अख्तियारले उनीविरुद्ध २ करोड ६३ लाख भ्रष्टाचार गरेको अभियोग सहित ११ फागुन, २०७२ मा मुद्दा दायर गरेको थियो । ३ करोड ७२ लाख आर्जन गरेका उनले चार करोड ५ लाखको सम्पत्ति जोडेको भन्दै विशेष अदालतले ३३ लाख ५६ हजार भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा सांसद अन्सारीको रिट दर्ता
सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता
बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश
प्रधानन्यायाधीश र न्यायाधीशको नयाँ मर्यादाक्रम निर्धारण गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)
पूर्वन्यायाधीश वस्तीको निधनमा सर्वोच्चका सबै पेसी स्थगित