काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ । सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शुक्रबार सो जानकारी दिएका हुन् ।
अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको पनि उनले जानकारी दिए ।२०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फर्स्यौट गरिरहेको उनको भनाइ छ । ‘अब हामीसँग ८ वर्ष पुराना मुद्दाहरु १५४ थान बाँकी रहेका छन् । अब यसलाई असारसम्म जिरोमा ल्याउने लक्ष्य छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘हामीले बनाएको योजनाअन्तर्गत जसरी भएपनि ८ वर्ष नाघेका मुद्दाहरु नराख्ने हो ।’
सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको पनि उनले बताए । अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा शुरु गरिएको पनि उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गभर्नरको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा
थुनामा रहेका ४ भुटानीलाई देश निकाला नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ जारी