हुण्डीको कारोबार गर्ने एकजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १२ : २८
हुण्डीको कारोबार गर्ने एकजना पक्राउ

काठमाडौँ । प्रहरीले अवैधरुपमा हुन्डीको कारोवार एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको न्यूरोडबाट १३ लाख ५ हजार रुपैयाँसहित धादिङ खनियाबास गाउँपालिका–३ बस्ने २५ वर्षीय बिर्ज तामाङ पक्राउ परेका हुन् ।

लामो समयदेखि अवैध हुण्डीको कारोवार गर्दै आएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको काठमाडौँ पहरी प्रमुख अशोक सिंहले जानकारी दिए ।

‘न्यूरोडमा समानान्तर बैकिङ हुण्डी कारोबार (अबैध हुण्डी कारोबार गर्ने) तामाङलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा स्रोत खुलाउन नसेको हुण्डी कारोबारको १३ लाख रुपैयाँ बरामद भएको छ’सिंहले भने ।

उक्त रकमसहित तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।