काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १९ : ०१
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन

काठमाडौँ । काँग्रेस उपसभापति धनराज गुरुङले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँग मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा समस्याग्रस्त कतिपय सहकारीमा संस्थागत नक्कली अभ्यास गरेको उल्लेख गर्दै छानबिनका लागि निर्देशन दिएको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस