आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, ०९ : ४१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम आंशिक बदली हुने  जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा छ । मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।मौसमविदले देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन अपिल गरेका छन् । यस्तै तराईका अधिकांश भू–भाग तथा पहाडका केही भू–भागमा बिहानीपख हुस्सु तथा कुहिरोले ढाकिने क्रम बढेको छ । 

प्रतिक्रिया दिनुहोस