मन्त्री क्वाटरमै गृहमन्त्री थापा (बादल) गुटको भेला

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १२ : ०३
मन्त्री क्वाटरमै गृहमन्त्री थापा (बादल) गुटको भेला

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले पनि आफ्नो गुटको भेला थालेका छन् ।  मन्त्री निवास पुल्चोकमा बादलले आज सोमबार आधा दर्जन सांसद र नेकपाका १६ केन्द्रीय सदस्यसँगको छलफलमा जुटेका हुन् ।

उनले मन्त्री निवासमै आफू पक्षीय नेताहरुसँग परामर्श गरिरहेका छन् । बादललाई ओलीसँग नमिल्न र प्रचण्डलाई साथ दिन आफ्नो पक्षका डेढ दर्जन केन्द्रीय सदस्यहरुले दबाब दिईरहेको श्रोतको भनाई छ ।

प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले सामूहिक राजीनामा दिँदा बादलले दिएका छैनन् । यसले उनी संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको पक्षमा देखिएको विश्लेषण भइरहेको छ । बादलसँगको छलफलमा स्थायी कमिटि सदस्यहरु देव गुरुङ र पम्फा भुसाल पनि छन् ।

केन्द्रीय कमिटिमा रहेका हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, यशोधा सुवेदी, सूर्यप्रकाश सुवेदी, सावित्रिकुमार काफ्ले, अमृता थापा मगर, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, महेश्वर दाहाल, युवराज भट्टराई, रामदीप आचार्य र सुरेश आलेमगर सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस