अचानक किन गरे ओलीले संवैधानिक परिषद्को बैठक स्थगित ?

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १६ : ४७
अचानक किन गरे ओलीले संवैधानिक परिषद्को बैठक स्थगित ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बिहीबार साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेर नेकपा कार्यकारी अधयक्ष प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।

ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारण नभएको बताएका थिए । बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको बताए । 

 पार्टीले निर्णय गरेअनुसार अघि बढ्न प्रचण्डले सुझाव दिएपछि अचानक ओलीले संवैधानिक परिषदको बैठक स्थगित गरेका हुन् । अध्यादेश फिर्ता नहुँदै ओलीले बैठक बोलाएपछि नेकपाका फेरि तरङ्ग छाएको थियो । 

प्रतिक्रिया दिनुहोस