काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले सम्पूर्ण मधेस एक बनाउन एकीकृत हुनुपर्ने बताएका छन् । डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मधेसलाई दुई प्रदेश बनाउने सहमति भएको तर मधेसवादी दलका कारण मधेस ८ जिल्लामा सीमित भएको उनले बताए ।
छापामार शैलीमा भएको एकीकरण छापामार शैलीमा टुक्रिएको बताउँदै उनले प्रदेशमा चुनाव गराउने समयमा भूगोलमा बेइमान गरेका कारण आफू एकीकरणमा नगएको उनले बताए ।
बिहीबार गजेन्द्रनारायण सिंहको २४ औ स्मृति दिवसको उपलक्ष्यमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आयोजना गरेको ‘गजेन्द्र बाबुको चिन्तन र मधेसको भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको मधेसको राजनीति जातका आधारबाट विभाजन भएको बताए ।
मधेसमा मोर्चा बनाउनका लागि दलहरूको बिचमा सहमति हुनु आवश्यक रहेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १३ : ५५
लेखकबाट थप