संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १९ : ४८
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस सहित रिक्त  संवैधानिक पदमा सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक विना निर्णय सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।  

संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरूको नाममाथि छलफल भएको उपसभामुख इन्दिरा रानाले बताइन् ।  पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रीय बनेको उनले बताइन् ।

‘उहाँको नाममा लगभग सहमति छ । तर, आजै हतारमा निर्णय नगरौँ भन्ने सल्लाह भयो । दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ,’ उनले भनिन् ।

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने देखिएको भन्दै शुक्रबार  विना निष्कर्ष बैठक सकिएको उनले बताइन् । अर्को बैठक ३१ भदौमा बस्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस