तत्काल संसद बैठक बोलाउन नेपाली काँग्रेसको माग

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १७ : ००
तत्काल संसद बैठक बोलाउन नेपाली काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको  शीर्ष नेता सम्मिलित बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय गरेको छ । बैठकमा संसद बैठक बोलाउनका लागि सरकारलाई दवाव दिन थप रणनीति बनाउने बताइएको छ । 

मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शन फलदायी भएको र प्रदर्शनले सरकारलाई थप दबाब दिएको र जनमत बढाउन भूमिका खेलेको निष्कर्ष कांग्रेसले निकालेको छ । प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध ठूलो जनमत प्रकट भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस