विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १६ : १३
विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमति भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीचको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । वार्ता सकिएपछि बालुवाटारमा स्थायी समितिको बैठक सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस