बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी, देउवा र सापकोटाको उपस्थिति भएन

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १८ : २१
बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी, देउवा र सापकोटाको उपस्थिति भएन

काठमाडौं । नयाँ अध्यादेश अनुसार वालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमनत्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नयाँ अध्यादेश अनुसार परिषदको बैठक सुरु भएको जानकारी दिएका छन् । 

मंगलबार दिउँसो आकस्मिक रुपमा जारी भएको संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेशका आधारमा बैठक बसेको हो । बैठकमा सहभागी तीनै जनाले हाँसेर फोटो खिचाएका छन् ।

अहिले पाँचजना सदस्य रहेको परिषदमा दुईजना उपस्थित नभए पनि अध्यक्ष ओलीले बैठक राखेका हुन् । बैठकमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका छन् ।

सच्याइएको

प्रतिक्रिया दिनुहोस