काठमाडौं । झन्डै नौ महिनादेखि बन्द रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । त्यसपछि बन्द रहेका रात्रिकालीन व्यवसायमा कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिइएको हो ।
हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मावलम्बीले क्रिसमस मनाउँछन् । यस दिन उपत्यकाका ठमेल, दरबारमार्ग, पाटनसहित प्रमुख सहर तथा पर्यटकीय क्षेत्र आसपासका होटलररेस्टुराँ, डान्सबारलगायतमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुन्छ । त्यस्तै, अंग्रेजी नयाँ वर्ष आउन करिब दुई साता मात्रै बाँकी छ । यसलाई समेत मध्यनजर गर्दै आवश्यक सर्त र बन्देजभित्र रहेर रात्रि व्यवसाय सञ्चालनका लागि सरकारले स्वीकृति दिएको हो ।
पर्यटन मन्त्रालयको मापदण्डअनुसार रात्रि व्यवसाय सञ्चालनका लागि जिल्लाभित्र कोरोना महामारीको अवस्था र जोखिमलाई ध्यानमा राखेर कार्यान्वयन गर्न तथा गराउन भन्दै गृह मन्त्रालयले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० मंसिर २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ हजारबाट व्यवसाय थालेकी मीनाकुमारीलाई माग पुर्याउन हम्मे