– जनक सापकोटा
यतिबेला देशमा राजनीतिक अबस्था गम्भीर मोडमा पुगेको आभाष हुन थालेको छ । दिनप्रतिदिन हरेक समस्याको जरो बलियो हुदै गईरहेको छ तर समाधान भन्ने शून्य देखिन्छ । सरकारबाट जनता निराश हुँदै गएका छन् भने कतिपयले नयाँ नेतृत्व आए केहि हुन्थ्यो कि भन्ने मनसाय व्यक्त गर्न थालेका छन् ।
अचेल राजनितीक समस्या जस्तै बनेको छ समाजसेवा र जनताको हक अधिकारबारे तनमन लगाएर खटिने, आवाज उठाउने केही अभियानताहरु राजनीतिक प्रवृत्ति र जनअवस्था सुधारको नारा बोकेर अगाडि बढेका अभियानको सङ्ख्या गन्न क्याल्कुलेटर नै प्रयोग गर्नुपर्ने अवस्था आईसकेको छ । तर कतिपय अभियान असफल भईरहको त कतिपय टुटफुटको सघांरमा समेत पुगिसकेका छन् ।
एक अर्कोलाई आरोप प्रत्यारोप लगाउने,लोकप्रियता को लागि बिना तथ्य ,अर्थहिन अभिव्यक्ति दिने चलन बढेको सहजै अनुमान लगाउन सकिन्छ । जसको कारण आम नेपाली नागरिकमा भ्रम सिर्जना भएको छ। अहिले सामाजिक सञ्जालमा हामि नेपाली हाम्रो नेपाल,सचेत युवा पार्टि,स्वतन्त्र राष्ट्रिय अभियान,देशभक्त युवा नेपाल जस्ता अभियानहरु बढि चर्चामा छन । तर यी अभियानहरु एक आपसमा मिलेर काम नगर्नु दुःखद हो ।
काठमाडौमा कुलमान घिसिङको प्रसंग होस या सरकार विरुद्धका अन्य कार्यक्रम । सबै जना एकैसाथ देखिन सकेनन्, आफ्नै तालले चार दिशा हिँडे । यसले आम नागरिकमा कस्तो सन्देश जाला ? राजनीतिक दलहरु पनि पद, पावर, पैसा अनि लोकप्रियताको लागि नै आपसि कलह गर्छन अनि यहि पद्धति सुधार गर्ने एजेन्डा बोकेर आएका अभियान र अभियान्ता एक आपसमा कलह,आरोपप्रत्यारोपमा लागेपछि राजनीतिक दलभन्दा केही फरक भयो र ? यी अभयान्ता आन्तरिक एजेन्डामानै मिल्न नसक्नु र एकसाथ फिल्डमा आउन नसक्नुले कतै यिनीहरु पनि कुनै स्वार्थमा लागेका त छैनन् ? भन्ने गम्भीर आशङ्का आमसर्वसाधारणले गर्न थालेका छन् ।
राजनीतिक गतिविधिबाट दिक्क भएका नेपाली नागरिकहरु सामाजिक अभियान्ताहरुमा केही सम्भावना देख्न थालेका थिए तर त्यही अभियानताहरु पनि बेला बेला एक अर्कोतिर आरोप प्रत्यारोप गर्ने गर्छन् । जसको कारणले अभियानताहरुमा आम जनताको आशा मोर्न सक्छ । यदि सबैको उद्देश्य देशको अवस्था परिवर्तन गर्न तिर हुने हो भने तीअभियान र अभियान्ताहरु किन एक हुन सक्दैनन् रु छुट्टाछुट्टै हिड्नुपर्ने रहर कि बाध्यता ? यदि व्यक्तिगत र सस्थागत स्वार्थ मा नै लिप्त हुने भए राजनीतिक दलभन्दा कसरी फरक हुन्छ रु सिद्धान्त र भावि योजना के ? कि छोटो समयमा कमाएको लोकप्रियको घमण्ड ? अनि सब अभियान एक भएर आउन नसक्नुको कारण के होला ?
देश र जनताको वास्तविक अवस्था बदल्ने नै हो भने सबै स्वार्थ त्यागेर सबै अभियान्ता एक भएर देशलाई निकास दिनसक्ने आँट गर्नुपर्छ । अभियानभित्र गुट उपगुटहरु हुनुहुदैन । दीर्घकालीन ,जनपक्षिय एजेन्डा बोकेर पद, पावर, पैसा अनि लोकप्रियताको लागि नभई देश र जनताको लागि काम गर्नुपर्छ । सबैको गन्तव्य एउटै भएपछि फरकफरक मार्ग बनाएर जानु भन्दा एउटै मार्ग परिपक्व र बलियो बनाएर जानु उचित होला ।
एक्लाएक्लै हिड्दाँ बिच बाटोमा अभियान र देश दुवै अलपत्र मा पर्छ ।भोलि अलपत्र हुनुभन्दा आज सबै एकजुट भएर देशलाई निकास दिन जरुरी छ। एक थुकी सुकी सय थुकी नदी भने जस्तो सबै एक भएर लागे एकदिन गन्तव्यमा अवस्य पुग्न सकिने छ । र, देश विकासको नयाँ सम्भावना अवश्य पूरा हुनेछ ।
प्रतिक्रिया दिनुहोस