तीन लाख ८५ हजार नगद सहित पाँचजना पक्राउ

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १२ : ४९
तीन लाख ८५ हजार नगद सहित पाँचजना पक्राउ

फाइल तस्विर

नवलपरासी । कौडा खेलिरहेको अवस्थामा तीन लाख ८५ हजार नगद सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेघा पार्कमा कौडा खेलिरहेका पाँच जनालाई प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा देवचुली नगरपालिका १ का ३९ वर्षीय सुभासचन्द्र ओझा, चितवनको भरतपुर महानगरपालिका ११ निवासी ४० वर्षीय किरण श्रेष्ठ, भरतपुर महानगरपालिका २ निवासी ३० वर्षीय सन्दिप गुरुङ, भरतपुर महानगरपालिका ११ निवासी ४० वर्षीय दुर्गामान गुरुङ, लम्जुङको सुन्दरबजार नगरपालिका ४ निवासी ३९ वर्षीय दिनेश जोशी रहेका छन् ।  

कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाँ ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ र भारतीय रुपैयाँ एक सय ८० रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधुसुधन सिंहले बताए । 

प्रतिक्रिया दिनुहोस