भाइको हत्या अभियोगमा दाइ पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १५ : ५९
भाइको हत्या अभियोगमा दाइ पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८ का ४५ वर्षीय ४५ को नारायण सिटौला रहेका छन् ।

बिहीबार ४१ वर्षीय रामप्रसाद सिटौला आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको टोली अनुसन्धानमा खटिएको थियो ।

अनुसन्धानको क्रममा मृतकको टाउको र अनुहारमा चोट देखिएको उनका दाइ नारायणलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस