काठमाडौँ । नेपाली काँग्रेसले सरकारको काम ठीक ढंगले हुन नसक्दा जनतामा वितृष्णा जागेको भन्दै त्यसकै नतिजास्वरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिन थालेको बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले सबैभन्दा पहिला सरकार सच्चिने हो भने कतिपय समस्या आफै हल हुने धारणा राखेको हो ।
बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्रविरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको काँग्रेसको भनाइ छ ।
बैठकपछि काँग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले देशभर राजावादीको आन्दोलन बढ्नु सिस्टमको खराबी नभएर सरकारको कार्यशैलीमात्रै भएको बताए । उनले भने, ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिस्टमको खराबी होइन तर सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी छ ।’ महतले आफूहरुले तत्काल संसद बैठक बोलाउन अनुरोध गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०७७, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
बागमतीको सर्वदलीय बैठक निष्कर्षविहीन
बागमती प्रदेशको सर्वदलीय बैठक सुरु
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
यस्ता छन् सर्वदलीय बैठकका निर्णय