बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०७७, १६ : ४४
बलात्कार मुद्दामा सिद्धबाबाले पाए सफाइ

विराटनगर । बलात्कार मुद्दामा धर्मगुरु सिद्धबाबाले सफाइ पाएका छन् । वास्तविक नाम कृष्णबहादुर गिरी रहेको  धर्मगुरु सिद्धबाबाले जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै उनलाई सफाइ दिएको हो । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्दामा सुनुवाई गरिएको थियो । एक महिला अनुयायीले सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो । 

प्रतिक्रिया दिनुहोस