निकुञ्ज घुमाउने नाममा सौराहामा पर्यटक ठगिए

बुधबार, ३० फागुन २०७४, ०८ : ५५
निकुञ्ज घुमाउने नाममा सौराहामा पर्यटक ठगिए

भरतपुर । पर्यटकीय नगरी सौराहा आउने पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज भन्दै सामुदायिक वन घुमाउने गरिन्छ ।
पर्यटक सँग निकुञ्ज प्रवेश शुल्क लिइए पनि उनीहरुलाई निकुञ्ज नलगी हात्ती सफारीमा वाघमारा, कुमरोज, चित्रसेनलगायतका वनमा लगेर घुमाउने गुनासो पर्यटकको छ ।

'सौराहा आउने पर्यटकलाई निकुञ्ज भन्दै ढाटेर नजिकैको सामुदायिक वन घुमाएर फर्काइन्छ । यो सरासर गलत हो̕  चितवन पर्यटक विकास समितिका महासचिव विश्व सुवेदीले भने, 'निकुञ्जको प्रवेश शुल्क काटेको पर्यटकले निकुञ्ज घुम्न पाउँनु पर्छ ।̕  

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे पनि हात्ती सफारी गर्ने ९९ प्रतिशत पर्यटकले निकुञ्ज घुम्न नपाएको स्वीकार्छन् । तर पर्यटकलाई हामीले सामुदायिक वनमा लगरिहेका छौँ,’ घिमिरेले भने, 'निकुञ्जसँगै जोडिएका कारण पनि निकुञ्जका जानवरहरु समेत सामुदायिक वनमा पाइने भएकाले त्यसले कुनै प्रभाव पार्दैन ।'
घिमिरेले सो दाबी गर्दै गर्दा पनि पछिल्लो समय सौराह आउने पर्यटक जनावर नै नदेख्ने गरेको गुनासो गर्छन । अध्यक्ष घिमिरे निकुञ्ज नै जाँदा जनावर नदेखिने समस्या हुने तर्क गर्छन् ।

सौराहा देशकै तेस्रो पर्यटकिय गन्तव्य हो । यहाँ वन र वन्यजन्तुमा आधारित पर्यटकहारु आउने गर्छन । तर, यसरी आउने पर्यटकलाई निकुञ्ज भन्दैै सामुदायिक वन घुमाएर ठगि गर्नुले गलत सन्देश जाने विज्ञहरु बताउँछन् ।
निकुञ्जले भ्याट सहित नेपालीबाट ११३ र विदेशिबाट एक हजार ६९५ रुपैयाँ प्रवेश शल्क लिने गर्छ । निकुञ्जले हरेक वर्ष २० करोड हाराहरीमा राजस्व संकलन गर्दछ ।

निकुञ्जले पर्यटक बोक्ने हात्ती नै राखेको छैन । अहिले सौराहामा पर्यटक बोक्ने निजी हात्ती हुन । निजी हात्ती निकुञ्ज प्रवेश गर्न नपाउने भएपछि पर्यटकलाई सामुदायिक वन लैजानुको विकल्प छैन । यो खबर आजको चितवन पोष्ट दैनिक समाचार पत्रमा छापिएको छ ।               

 

प्रतिक्रिया दिनुहोस