काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले देशभर चलिरहेको राजावादीको आन्दोलनलाई हल्कारुपमा लिन नहुने बताएको छ ।
केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ राजावादीहरुको अहिले देशमा बढिरहेको गतिविधिलाई हल्कारुपमा लिनु अदूरदर्शीता हुनेछ । त्यसप्रकारका गतिविधिका विरुद्ध तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाको लागि सबै गणतन्त्र पक्षधर शक्तिहरुको ऐक्यबद्धता आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।
राजावादी र हिन्दूवादी संस्थाहरुले बहुदलीय व्यवस्थाका विरुद्धमा २०१७ सालमा पनि त्यही प्रकारका गतिविधिहरु संचालन गरेको उल्लेख गर्दै केसीले जसको परिणामस्वरुप २०१७ पौष १ गतेको काण्ड भएको र त्यसका विरुद्ध नेपाली जनताले ३० वर्ष लामो संघर्ष गर्नु परेको विज्ञप्तिमा जनाएका छन् ।
यस्तै २०४६ सालपछि प्राप्त बहुदलीय व्यवस्थालाई समाप्त पार्न राजावादीहरुले गतिविधि बढाएका थिए भने त्यसबाट ०५९ माघ १९ गते शाहीकाल घोषणा भएको पनि केसीले स्मरण गरेका छन् ।
त्यस प्रकारको पृष्ठभूमिमा विभिन्न व्यानरमा राजावादीहरुको अहिले देशमा बढिरहेको गतिविधिलाई हल्कारुपमा लिनु अदूरदर्शीता हुने उल्लेख गर्दै केसीले अन्यथा पौष १ गते र माघ १९ गतेका नियति दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
वर्तमान सरकारका गलत, जनविरोधी भ्रष्ट नीति तथा क्रियाकलापहरुबाट जनतामा सरकारप्रति पैदा भएको असन्तोष र अविश्वासबाट अहिले राजावादीहरुलाई आफ्ना गतिविधिहरु अगाडि बढाउन मद्दत पुगिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०७७, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ पर्नु सही छ : चित्र बहादुर केसी
सरकारको चरम लापरबाही देखियो : राष्ट्रिय जनमोर्चा
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ : चित्रबहादुर केसी
सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयो : चित्रबहादुर केसी