काठमाडौं । क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको खबर आजको कारोबारमा छ ।
बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो ।
यस्तै, बंगलादेशका नगारिक उड्डयनमन्त्रीले पनि जहाज दुर्घटनाका् जाँचबुझमा सघाउने वचन दिएका छन् ।
आइतबार इरानमा दुर्घटना भएको २४ घण्टा नबित्दै काठमाडौंमास्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सोही कम्पनीबाट उत्पादित जहाज दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमै गम्भीर चासो उत्पन्न भएको छ ।
गत आइतबार इरानमा टर्किस बिजनेसम्यानको परिवार सवार रहेको निजी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यस्तै, काठमाडौंमा सोमबार भएको दुर्घटनामा परेर हालसम्म ५१ जनाको मृत्यु भएका छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ३० फागुन २०७४, ०७ : १३
लेखकबाट थप