काठमाडौं । सन् २०३० मा हुने एसियाली खेलकुदको आयोजना दाबेदारी पेस गर्न लागेको कतारले त्यसका लागि नेपालको सहयोग र समर्थन खोजेको छ । त्यसकै लागि भनेर कतारी ओलम्पिक कमिटीको प्रतिनिधिमण्डल बुधबार नेपाल आउने भएको छ ।
त्यसको नेतृत्व कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अबलुनैनले गर्दैछन् । नेपाल भ्रमणकाक्रममा कतारी प्रतिनिधिमण्डलले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट्नेछन् र औपचारिक रूपमा आफूहरूलाई सहयोगका लागि अनुरोध गर्नेछन् ।
सन् २०३० को एसियाली खेलकुद आयोजनाको अधिकार पाउन कतार र साउदी अरेबियाबीच कडा प्रतिस्पर्धा चल्ने भएको छ । साउदी अरेबियाले पनि त्यस संस्करणको एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइसकेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ मंसिर २०७७, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
राष्ट्रपति पौडेल कतारमा
कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनले जनाए असन्तुष्टि
नेपाल र कतारबीच के के विषयमा भयो सम्झौता ?
नेपाल-कतारबीच ६ वटा विषयमा समझदारी