काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार छन, सूर्य थापा । पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख पनि हुन् उनी । पार्टी एकता पटक्कै नरुचाउने र पूर्व माओवादी समुहका नेता कार्यकर्ता प्रति असहिष्णु स्वभावका थापा बेला बेला विवादमा तानिइरहन्छन् । फेरि उनी एकाएक विवादमा आएका छन् । अरुका कारण होइन, उनी आफ्नै कारण अहिले विवादमा तानिएका हुन् ।
ओली जस्ता छन्, उनी पनि त्यस्तै शील स्वभावका छन् । पार्टीभित्र ओलीले जसरी आफुलाई ब्रम्हज्ञानी र आफु बाहेक अरु कोही केही जान्दैनन् भन्ने शैलीमा स्वेच्छाचारी ढंगले चल्न खोज्छन, सूर्य थापाको पनि शील स्वभाव ठ्याक्कै मिल्न जान्छ । उनी पनि आफुलाई मन परेका र उनका गुटका मान्छे भए जतिसुकै र जुन तहकै कमजोरी भएपनि देखेनदेखे झै गर्छन र गलम्म हँगालो हाल्छन्, तर आफु इतर कसैले तथ्यपरक ढंगले वस्तुवादी भएर आलोचना गरेपनि उनी त्यसलाई सहन गर्न सक्दैनन् ।
पार्टी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य भीम रावल लगायतका नेतासँग उनले सामाजिक सन्जालमै तथानाम लेख्ने र बोल्दै आईरहेको घटना त यस अगाडी उदांगो नै भएको थियो । आफु इतर र आफनो जागिर जोगाउने शर्तमा उनी कुन हदसम्म आफ्नै पार्टीका नेता कार्यकर्ताको बदख्याईमा उत्रन्छन भन्ने उनका प्रचण्ड, नारायणकाजी र भीम रावलमाथी सामाजिक सन्जालमा गरेको दोहोरीले नै पनि पुष्टि गर्छ । पार्टीका कतिपय नेताहरुमाथी उनले गर्ने गरेको बद्ख्याई त्यसैको ज्वालन्त उदाहरण हो ।
पद र सेवा सुविधाका लागि मरिहत्ते गर्ने उनको स्वभाव पनि अनौठो नै छ । यस अगाडी झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि उनी त्यसबेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए । त्यसबेला ओली लगायत नेताले खनालको राजीनामा माग गर्दै सार्वजनिक मञ्चहरुमा अभिब्यक्ती दिदा उनी त्यसबेला पनि प्रधानमन्त्रीको सचिवालयमा बसेर आलोचनामा उत्रन्थे ।
अहिले ओलीको बनेर त्यही शैली उनको छ । उनको चरित्र उनलाई जान्ने बझुने तत्कालिन एमाले निकट पत्रकारहरु पदलोभी र अवसरवादीका रुपमा चित्राउने गर्छन् । उनी आफ्नो हितका लागि जे पनि गर्न तयार हुन्छन भन्ने तथ्य उनका गतिविधिले लुकेको छैन् । कतिपय सन्र्दभमा त ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमालले कुनै नेता र कसैप्रति तिखो प्रहार गर्नुपरेको छ भने तिनै थापाको काँधमा बन्दुक राखेर पडकाउने सम्म गरेका छन् । तर यहाँ चर्चा गर्न खोजिएको भने त्यो विषयमा होइन ।
थापाले बेलाबेला प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्न्डल दूरुपयोग गर्ने गरेका छन् । जसकाकारण प्रधानमन्त्री ओलीलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा समेत आलोचित बनाईरहेको छ । देशका कार्यकारी प्रमुखहरुको आधिकारिक समाजिक सन्जाल प्रयोग गर्नेहरु कति सम्वेदनशील हुनुपर्छ भन्ने कुरा उनले फिटिक्कै बुझेको देखिन्न । सामाजिक सन्जाल चलाउने कुरामा उनी यति असम्वेदनशील छन की आफ्नो ब्यक्तिगत एकाउन्टमा राख्न खोजेको कुरा पनि उनले बेला बेला प्रधानमन्त्रीको आधिकारिक ह्यान्डलबाट पोष्ट गरिदिन्छन् । उनले मंगलबार त्यस्तै गरेका छन् ।
प्रधानमन्त्री कार्यालयभित्र बसेर केही पत्रकार समेत प्रयोग गरेर पार्टीका कतिपय नेताको आलोचनामा उत्रन बार गुप्र नै बनाई सामाजिक सन्जालमा उत्रन विषय सामग्री नै बाँड्दै हिडने गरेका थापा आफै पनि सामाजिक सन्जालमा कति कच्चा छन र के विषय कसरी प्रस्तुत गर्नुपर्छ भन्नेमा कति बेप्रवाह छन भन्ने देखाउँछ । उनले प्रधानमन्त्री ओलीको हन्याडलबाट मंगलबार आफ्नो भेटघाटको सन्र्दभमात्र सार्वजनिक गरेनन्, प्रधानमन्त्री नै आफैलाई बनाउँदै कोरोना समेत लागेको देखाउन खोजे ।
तर उनले त्यो केही सेकेन्डमै हटाउने काम गरे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेल सँगै भएको फोटो प्रधानमन्त्रीको ट्विटरबाट थापाले ट्विट गरे । प्रधानमन्त्रीलाई समेत ’कोरोना संक्रमण भएको ’ अर्थ्याउन मिल्ने खालको ट्वीट थियो त्यो । तर पछि उनले प्रधानन्त्रीको हयाण्डलबाट त्यो ट्विट हटाएर आफ्नोबाट पोष्ट गरे ।
मानविय त्रुटी कतिपय बेला हुन सक्छ, तर देशका कार्यकारी प्रमुखको आधिकारिक ह्यान्डलबाट भएको त्रुटीलाई सामान्य मान्न सकिन्न । कतिपयले यही विषयलाई पनि सजायको भागिदार बनाउँछन । तर पटक पटक पनि थापा प्रधानमन्त्रीको सचिवालयमा बसेर गरेका यस्ता गल्तीमा पनि उनी माथी कुनै त्यस्तो कारवाही भएको देखिदैन् । अन्तराष्ट्रिय रुपमा भने यसलाई अति सम्वेदनशील मानेर कारवाही गर्ने सम्मका काम हुन्छन् । तर थापाले भने यस्तो काम अहिले मात्र होइन पटक पटक गर्दै आईरहेको घटना तथ्यले देखाउँछ पनि । यति सम्मकी आफुले गरेको कमजोरी पनि थापा सहज स्वीकार गर्न चाहदैनन् । उनले यस अगाडी पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्टवाट दुरुपयोगका केही घटना घटाएका छन् । तर त्यसबेला आफु जोगिन उनले पार्सवर्ड दुरुपयोगको नाटक रचेका थिए ।
भारतीय कांग्रेस आइकी नेतृ सोनिया गान्धीले भारतीय नागरिकता विधेयकको विरोध गरेको ट्विटसमेत प्रधानमन्त्रीको नाममा रहेको प्रधानमन्त्री कार्यालयको ह्याण्डलबाट रिट्विट भएको थियो । तर त्यसबेला प्रधानमन्त्रीको अकाउन्टको पार्सवर्ड दुरुपयोग गरेर केही अनाधिकृत मान्छेहरुले त्यस्तो काम गरेको र त्यसको छानविन भएको थापाले बताउँदै आएका थिए । तर त्यसको छानविन के भयो ? को दोषी फेला पर्यो अहिलेसम्म प्रधानमन्त्रीको सचिवालयले न केही बताएको छ, न प्रहरीले नै केही तथ्य सार्वजनिक गरेको छ । आफनो कमजोरी लुकाउन मात्र त्यसबेला थापा लगायतले पार्सवर्ड दुरुपयोगको नाटक रचेका थिए । यसको पुष्टि उनले मंगलबार गरेको लापरवाहीले पनि पुष्टि गर्छ ।
कूटनीतिजस्तो संवदेनशिल विषयमा समेत कुनै ख्याल नगर्ने ओलीको सचिवालयले अन्य विषयमा झन के मतलब गर्थे ? त्यही मंगलबार भएको हो । कुन्दन अर्याललाई प्रधानमन्त्रीका प्रेस सल्लाहकारबाट हटाउन र त्यहाँ आफु पुग्नकै लागि उपप्रधानमन्त्री इश्वर पोखरेलसँगको सल्लाहमा थापाले केही सच्चारमाध्यमसमेत दुरुपयोग गरेर अनेक षडयन्त्रको तानाबाना बुनेको त्यसबेला अर्यालसँगै हटनु परेका कतिपय सचिवालयका सदस्यहरुले नै बताउँदै आईरहेका छन् ।
स्यवं अर्यालले पनि प्रधानमन्त्री ओलीलाई बदनाम गर्ने काममा आफुलाई मै हुँ भन्ने सचिवालयका केही ले काम गर्ने गरेको बताउँदै आएका पनि छन् । थापा प्रधानमन्त्रीको सचिवालय भित्र इन्ट्री कसरी हुन पुग्यो भन्ने कुराको इतिवृतान्त अर्यालवाट सुन्ने धेरै पात्रहरु छन् । त्यक्तिमात्र होइन, एकपटक प्रधानमन्त्री ओलीले भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको फ्यान अकाउन्टलाई मेन्सन गरेर स्वास्थ्य लाभको समेत कामना गरेका थिए । यस्ता दुरुपयोग राष्ट्रका कार्यकारी प्रमुखको आधिकारिक ह्यान्डलबाट भईरहदा पनि किन बालुवाटार चुप बसिरहेको छ, त्यो भने आश्चर्यको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०७७, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
लाज पचाएर पार्टी फुटाउनेहरूले अहिले अध्यादेश ल्याउन लाग्यो भनेर झूट फैलाए : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता