एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभरटनलाई ३–१ ले हराएको छ । शनिबार भएको खेलमा म्यानचेस्टरले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर सहज जित निकाल्न सफल रह्यो ।
जितसंगै म्यानचेस्टरका व्यवस्थापक ओले गन सोल्सारमाथि रहेको दबाब पनि कम भएको छ । युरोपा लिगमा इस्टानबुल बसाकसेहिरसँग पराजित भएपछि सोल्सार दबाबमा थिए । तर यो जितले क्लब र व्यवस्थापक दुवैलाई राहत दिनेछ ।
एभरटनले बर्नाडको गोलले अग्रता लिए पनि त्यसलाई लामो समय कायम राख्न सकेन । पहिलो हाफमै म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले दुई गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयमा एडिसन कभानीले तेस्रो गोल गरे । यो उनको क्लबका लागि डेब्यु गोल रह्यो । जितपछि म्यानचेस्टरको ६ खेलबाट ११ अंक भएको छ भने एभरटन १३ अंकमा पाँचौं स्थानमा रह्यो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ कार्तिक २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध