एजेन्सी । म्यानचेस्टर युनाइटेडले ६० वर्षयता पहिलो पटक घरेलु मैदानमा लगातार तेस्रो हार व्यहोरेको छ।
इंग्लिस प्रिमियर लिगमा सोमबार राति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २–० ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका लागि ६० वर्ष यताकै खराब नतिजा आएको हो।
यता न्युक्यासलले भने ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सन् १९७२ पछि दोस्रो पटक हराएको हो। न्युक्यासलले प्रिमियर लिगमा लगातार चार खेलमा जित निकालेको छ।
सन् १९६२–६३ को सिजनपछि युनाइटेडले घरेलु मैदानमा भएका लिग खेलका कुनै पनि प्रतियोगितामा लगातार तीन खेलमा हार व्यहोरेको छैन।
खेलको चौथो मिनेटमा नै एलेक्जेन्डर इसाकको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। १९ औँ मिनेटमा जोएलिन्टले दोस्रो गोल थपेपछि चेल्सीले अग्रता दोब्बर पारेको हो।
जितसँगै न्युक्यासल अंक तालिकामा पाचौँ स्थानमा उक्लेको छ। १९ खेलमा ९ खेलमा जित, समान ५ खेलमा बराबरी र हार भोगेको न्युक्यासलको ३२ अंक छ।
यता पराजित युनाइटेड भने २२ अंकमा चौधौँ स्थानमा छ। ६ खेलमा जित, ४ खेलमा बराबरी गरेमो युनाइटेडले ९ खेलमा हार भोगेको छ। युनाइटेड रेसलगेसन जोनबाट ७ अंकले मात्र अघि छ।
गएराति नै भएको खेलमा चेल्सीलाई पराजित गरेपनि इप्सविच टाउन १५ अंकमा रेलिगेसन क्षेत्रमा नै छ। इपस्विचसँगको हारले चेल्सीलाई भने ठूलो धक्का लागेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १६ पुस २०८१, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध
हालाण्डको गोलमा म्यानचेस्टर सिटी विजयी
म्यानचेस्टर युनाइटेड ३-० ले पराजित
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो