काठमाडौं । निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारी सञ्चालक रहेको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले चिकित्सा शिक्षामा स्नातकोत्तर तह (एमडीलगायत) का विषयका विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्न थालेको छ ।
एसोसिएसनका अध्यक्ष नियामक निकाय चिकित्सा शिक्षा आयोगको सदस्य हुने प्रावधान छ । अन्सारीको निर्देशनमा उनको कलेजले ‘अवैध शुल्क’ लिएको विद्यार्थीले गुनासो गरेका छन् ।
विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढी शुल्क नतिरे परीक्षाबाट समेत वञ्चित गर्ने चेतावनी कलेजले दिएको जनाए । २०७६ ब्याचको दोस्रो वर्ष अध्ययनरत २५ विद्यार्थीसँग एक–एक लाखका दरले बढी शुल्क माग गरिएको कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १७ कार्तिक २०७७, ०७ : ४५
लेखकबाट थप