इण्डियन आयल कर्पोरेसनले शुक्रबार इन्धनको मूल्य बढाएर पठाएको छ। आईओसीले मूल्य बढेको सूची पठाए पनि नेपाल आयल निगम (एनओसी)ले चाडपर्व भएका कारण मूल्य समायोजन नगर्ने भएको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति सार्वजनिक गर्दै भारतबाट मूल्य बढेर आएको भए पनि नेपालमा मूल्य हेरफेर नभएको जानकारी दिएका हुन्।
‘पछिल्ले पटक इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पोट्रोलियम पदार्थको मूल्य केही घटबढ भएर आएकोले निगमको ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७१’ अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने भएता पनि आसन्न चाडपर्वलाई मध्यनजर गर्दै हाललाई विक्री मूल्य यथावत नै राखिएको व्यहोरा सबैमा जानकारी गराइन्छ,’ प्रवक्ता उपाध्यायले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। अन्नपूर्णमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ कार्तिक २०७७, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो
उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात, अभाव नहुने
निगमले घटायो इन्धनको मुल्य, अब कुनको कति ?