काठमाडौं । प्रायः हामी सबै ग्याष्ट्रिकबाट प्रताडित भएका नै छौ, जसलाई हामी राष्ट्रिय रोग भन्ने गर्छौ । ग्याष्ट्रिक भएपनि हामी यसलाई ख्याल गर्दैनौ । हाम्रो खानपान जीवनशैली र खानाको कारण ग्याष्ट्रिकको हुने गर्छ ।
जब ग्याष्ट्रिकलाई हामी सामान्य मान्छौं, यसको रोकथाम तथा निदानमा जुट्दैनौं, त्यसले अर्को रोग निम्त्याउँछ । त्यो रोग हो, अल्सर । पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाललाई पेटको अल्सर पनि भन्ने गरिन्छ । चिकित्सकिय भाषामा यसलाई पेप्टिक अल्सर वा गैस्ट्रिक अल्सर पनि भन्ने गरिन्छ ।
साधारणतयाः आहार, तनाव तथा पेटमा अम्लियपना धेरै भएमा पेटको अल्सर हुने गर्छ । अल्सर प्रायः हेलिकोबैक्टर पाइलोरी नामक संक्रमणका कारण हुने गर्छ । पेटमा अल्सर भएमा पेट वा आन्द्राको सुरक्षात्मक परक टुट्न थाल्छ। अल्सर बढी भएमा आन्द्रा च्यातिने सम्भावना पनि बढी रहन्छ ।
लामो समयसम्म एन्टीबायोटिक्सको प्रयोग, पेनकिलर तथा स्टेराइडको औषधीको सेवन बाहेक मदिराको सेवनका कारण पेप्टिक अल्सर हुने गर्छ । अल्सर भएमा कसैलाई यसको लक्षण छिटै देखा पर्छ भने कसैलाई अल्सर भईसक्दा पनि यसको लक्षण देखा पर्दैन ।
कसरी थाहा पाउने ?
अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्ने गर्छ । अल्सर गम्भीर भइसक्दा पनि समयमै यसको उपचार नभएको खण्डमा यसले आन्तरिक रक्तश्राव गर्नुका साथै अन्य समस्या समेत निम्त्याउन सक्छ । त्यसबाहेक , यी संकेत देखिएमा पनि अल्सर भएको हुनसक्छ ।
पेटमा जलन
खाना खाने १ वा २ घण्टा पछि वा रातको सममा पेटको माथिल्लो भाग वा बीचमा लजन महसुस हुन्छ भने यो अल्सरको संकेत हुन सक्छ ।
वान्ता हुने
बारम्बार बान्ता हुनु वा वाकवाकी लाग्नु पेटको अल्सको संकेत हुनसक्छ ।
पेट फुल्नु
अक्सर पेट फुल्ने समस्या अल्सरको निशानी हुने गर्छ ।
छातीमा जलन
पेटमा मौजुद एसिड अन्ननलीमा आएर बसिदिन्छ । यसले गर्दा छातीनेरतेज जलन महसुस हुने गर्छ । यो पनि अल्सरको संकेत हुनसक्छ ।
पेट घोच्नु
खाना खाएको १ वा २ घण्टा पश्चात्त वा रातको समयमा पेट घोचेको महसुस भएमा त्यो अल्सरको संकेत हुनसक्छ ।
दिशाको रङ्ग
लामो समयसम्म गाढा वा कालो रङ्गको दिशा भइरहेमा त्यसलाई नजरअन्दाज नगरौ । यो अल्सरका कारण हुने व्लिडिङ्गका कारण हुनसक्छ ।
रगत वान्ता
वान्तामा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ ।
तौल घट्नु
अचानक वजन घटेमा वा खाना खादाखादै पनि वजन घट्नु े अलसरको संकेत हुनसक्छ ।
पेट दुख्नु
अक्सर पेट दुखिरहनु वा केही खाए लगत्तै पटे बेस्सरी दुख्नु अक्सरका संकेत हुनसक्छ ।
छिटो भोक लाग्नु
विना कारण बारम्बार भोक लाग्नु अल्सरको संकेत हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ असोज २०७७, ०९ : ०६
लेखकबाट थप