काठमाडौं । कतारले घरेलु श्रमिकलाई औपचारिक क्षेत्रसरह नै समेटेपछि नेपाल सरकारलाई घरेलु श्रमिक पठाउन पुनः आग्रह गरेको छ । कतारमा घरेलु क्षेत्रमा पुरुष श्रमिकको संख्या ठूलो छ ।
कतारले पछिल्लो पटक सहजै रोजगारी परिवर्तन गर्न पाउने र न्यूनतम तलब लागू गर्ने प्रावधान घरेलु श्रमिकको हकमा पनि लागू गरेको छ । ‘औपचारिक क्षेत्र जसरी नै घरेलु श्रमिक नेपालबाट ल्याउने कतार सरकारको चाहना छ ।
कतारी अधिकारीहरूले घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन हामीलाई अनुरोध गरेको छ,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘हामी यसबारे पुनर्विचार गरिरहेका छौं ।’ कतारमा झन्डै ५० हजार नेपाली श्रमिक घरेलु क्षेत्रमा कार्यरत छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २५ असोज २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
राष्ट्रपति पौडेल कतारमा
कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनले जनाए असन्तुष्टि
नेपाल र कतारबीच के के विषयमा भयो सम्झौता ?
नेपाल-कतारबीच ६ वटा विषयमा समझदारी