काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले दशैँ–तिहारअघि नै सार्वजनिक यातायात थप सहज हुने बताएका छन् ।
उनले स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने स्पष्ट पारे
।
सङ्घीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा मन्त्री नेम्बाङले विश्वव्यापी कोरोना महामारी र भारी वर्षाका कारण विभिन्न राजमार्ग तथा पुलमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भए पनि दशैँ–तिहार, छठअगावै सहज भइसक्ने बताएको मन्त्री नेम्बाङको सचिवालयले जनाएको छ ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १७ असोज २०७७, ०७ : ५०
लेखकबाट थप