बुटबल । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ ।
आज शुक्रबार बसेको प्रदेशसभा बैठकमा यो प्रस्ताव पेस गरिएको हो । प्रदेश पाँचको राजधानी र नामाकरणबारे आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यो प्रस्ताव गरेका छन् । राजधानी भने दाङको देउखुरी क्षेत्रमा रहने प्रस्ताव गरिएको छ ।
प्रदेश सभाको अर्को बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ असोज २०७७, १५ : ४७
लेखकबाट थप