काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर नै सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी परेको जनाएको छ । मौसमविदले देशका अधिकांश स्थानमा मंगलबार रातभरि लगातार झरीसंगै पानी परेको जनाएको छ ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना समेत रहेको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार, ‘न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरकै मौसम बदली भएको छ । भारतको छत्तिसगडको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र अहिले पश्चिम–उत्तरपश्चिम तर्फ सरिरहेको छ र नेपाल नजिक आउने क्रममा छ । सोही कारण मौसम बदली भइ पानी परेको हो ।’
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । आउँदो शुक्रबारसम्म नै मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ असोज २०७७, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा सामान्य वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?