चितवन । नबिल बैंक नारायगढ शाखाले फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । शाखाले तलबी खाताबाहक ग्राहकहरुका लागि आवश्यकताअनुसार १ लाखसम्मको ऋण मोबाइलबाटै उपलब्ध गराउन सकिने जनाएको हो ।
डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको यस बैंकले नियमित तलव यस बैंकबाट बुझ्ने कर्मचारीहरुका लागि यो सुबिधा ल्याएको हो । निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।
यो सुबिधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध गराइने शहीदचोक शाखाका व्यवस्थापक राजन मानन्धरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ असोज २०७७, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकले गर्यो मार्च महिनामा ७ कार्यक्रम
नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
नबिल बैंक आठौंपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
२५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक
नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा