सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले बताए ।
प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते हुनुभएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय तहको निर्वाचनमा उनले तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ असोज २०७७, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु