पेरिसडाँडामा पहिलो पटक नेकपाको सचिवालय बैठक सुरु, केके विषयमा हुँदैछ छलफल ?

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १४ : ४१
पेरिसडाँडामा पहिलो पटक नेकपाको सचिवालय बैठक सुरु, केके विषयमा हुँदैछ छलफल ?

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा सुरु भएको छ। बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका ९ जना नेताको उपस्थिति रहेको छ ।

नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोगको जिम्मेवारी दिइएसँगै पहिलोपटक पेरिसडाँडामा बैठक बसेको हो। यसअघि प्रधानमन्त्री निवास बालुवाटार र केही बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्दै आएको थियो। 

सीमा विवाद समाधान, एमसीसी, पार्टीको महाधिवेशन, कोरोना महामारी रोकथाम तथा नियन्त्रणलगायतका २६ भदौमा सम्पन्‍न स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयनका लागि सचिवालय बैठकमा छलफल भइरहेको छ ।  

यस्तै, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस