शैक्षिक क्षेत्र चलायमान बन्दै, त्रिविको निर्णय अर्को साता

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ असोज २०७७, ०७ : १७
शैक्षिक क्षेत्र चलायमान बन्दै, त्रिविको निर्णय अर्को साता

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ ।

विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न तहका परीक्षा छिट्टै सञ्चालन हुने सम्भावना बढेको हो ।

त्रिविको निर्णय अर्को साता
यसैबीच त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर माध्यममा अध्ययन गर्ने विद्यार्थीको परीक्षाका बारेमा एक साताभित्र निर्णय गर्ने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही दिनको परिस्थिति हेरेर परीक्षाबारे निर्णय गरिने जानकारी दिनुभयो ।

पदाधिकारीको बैठकबाट यसको निधो गरिनेछ । वार्षिक तथा सेमेस्टरका विद्यार्थीको परीक्षा हाल सञ्चालन हुन सकेको छैन । सेमेस्टर प्रणालीका बारेमा डिन कार्यालयले तयारी गर्ने स्पष्ट गर्दै उहाँले वार्षिक परीक्षा भने तिहारपछि गर्ने योजना रहेको बताउनुुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस