प्रदेशको आफ्नै प्रहरी हुनुपर्ने

पत्रपत्रिकाबाट

बुधबार, २३ फागुन २०७४, ०८ : ०७
प्रदेशको आफ्नै प्रहरी  हुनुपर्ने

जनकपुर । कांग्रेस नेता विमलेन्द्र निधिले संघीयता कार्यान्वयनका लागि प्रशासन र सुरक्षासहितका सबै सरकारी निकाय प्रदेश मातहत ल्याउनुपर्ने बताएका छन्, कान्तिपुरमा खबर छ ।

नेपाल शिक्षक संघ प्रदेश २ को अधिवेशन उद्घाटन गर्दै उनले प्रशासन, सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषिलगायत निकाय प्रदेश मातहत नल्याए संघीयता अनुभूति हुन नसक्ने जनाए । निधिले प्रदेशमा आफ्नै प्रहरी महानिरीक्षक हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस