लन्डन । बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी घोषित भएक छन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो यो वर्ष ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा परेका छन् । ।
यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।
सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी
१. लियोनल मेसी– १२ करोड ६० लाख डलर
२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर
३. नेयमार– ९ करोड ६० लाख डलर
४. केलियन एमबापे– ४ करोड २० लाख डलर
५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर
६. पउल पोग्बा– ३ करोड ४० लाख डलर
७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर
८. गेराथ बेल– २ करोड ९० लाख डलर
९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर
१०. डेभिड डि गेया– २ करोड ७० लाख डलर
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३० भदौ २०७७, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेसीको दुई गोलमा इन्टर मियामी विजयी