वामदेवलाई प्रश्न :  प्रतिक्रियावादी पुर्ने कि आफ्नै राजनीति ?

पत्रपत्रिकाबाट

शुक्रबार, २६ भदौ २०७७, ०७ : ३५
वामदेवलाई प्रश्न :  प्रतिक्रियावादी पुर्ने कि आफ्नै राजनीति ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम तत्कालीन नेकपा एमालेको उपमहासचिव हुँदा भन्ने गर्थे, ‘सबै प्रतिक्रियावादीलाई एउटौ खाल्डोमा पुर्नेछौं ।’ एमालेको नौमहिने सरकार भएका बेला दिल्लीको एउटा जमघटमा उनले त्यसो भनेका थिए ।

रुस, भारतलगायत विभिन्न देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिको भेलामा, मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ को बखान गर्दै उनले भनेका थिए, ‘त्यत्रो ठूलो सोभियत संघ भत्किरहेको बखत हामी शासन–सत्तामा पुगेर हँसिया–हथौडा फहराउन सफल भएका छौं । हाम्रो सफलताको बाटोमा साम्राज्यवादीरप्रतिक्रियावादी शक्ति अवरोध भए भने सबैलाई एउटै खाल्डोमा पुर्नेछौं ।’ २०५२ असार १४ गते ‘जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादका विविध पक्षहरू’ विषयक अन्तरक्रियामा सो अभिव्यक्ति दोहोर्‍याएपछि वामदेवले खुब चर्चा पाएका थिए ।

चर्चा त उनी अहिले पनि बटुल्दै छन् । फरक के छ भने, २०५२ सालमा ‘प्रतिक्रियावादीहरूलाई एउटै खाल्डोमा पुर्ने’ हुँकारका कारण चर्चा कमाएका उनी अहिले पदलोलुप प्रवृत्तिका कारण गफको विषय बनेका छन् । कम्युनिस्टहरू आफूलाई प्रगतिशील शक्ति ठान्छन् । परिवर्तनको पक्षधर दाबा गर्छन् । तिनको बुझाइमा, समाजको अग्रगामी सुधार नचाहने, परिवर्तनविरोधी, विधि मिच्ने, अलोकतान्त्रिक चरित्र भएका दक्षिणपन्थी शक्तिरसमूह ‘प्रतिक्रियावादी’ हुन् । केही प्रतिकूल अवस्था आइपर्दा उनीहरू ‘प्रतिक्रियावादी’ षड्यन्त्र देख्छन् । तर यथार्थमा नेपालका कम्युनिस्टको आचरण, चरित्र अनि व्यवहार ‘प्रतिक्रियावादी’ को भन्दा गए–गुज्रेको हुँदै गएको छ ।

वामदेवको अवस्था यस्तै छ । नैतिक साख गुमेको, फिटिक्कै लज्जाबोध नभएको । प्रतिनिधिसभा निर्वाचनमा पराजित उनी विधि मिच्दै छिद्रबाट छिरेर राष्ट्रिय सभा उक्लिन खोजेपछि घट्दै गएको साखको सूचक स्वाट्टै ओर्लिएको छ । पराजित भएर राष्ट्रिय सभा जाने गौतम मात्रै हुन् र रु यत्रो कोकोहोलो किन रु एउटा कोणबाट यस्ता प्रश्न पनि उठेका छन् । यो विषयमा पुछारमा चर्चा गरौंला । त्यसअघि वामदेवको पाँच दशक लामो राजनीतिक यात्रालाई नियालौं ।

संघर्षपूर्ण विगत भएका कम्युनिस्टमा सत्ताको मात चढ्दा कुन स्तरको राजनीतिक स्खलन हुन्छ रु तिनले राजनीतिक आस्था, मूल्य–मान्यतालाई कसरी तिलाञ्जलि दिन्छन् रु वामदेव एउटा नजिर हुन सक्छन् । २००५ सालमा जन्मिएका वामदेव बालखैमा कम्युनिस्ट राजनीतिप्रति आकर्षित थिए, धेरै कुरा नबुझ्दै । सामन्ती पृष्ठभूमिको परिवार, मावली कांग्रेससँग जोडिएको हुँदाहुँदै उनी सात–आठ वर्षको उमेरमै ‘बाल कम्युनिस्ट समूह’ तिर लागे । प्यूठान, बागलुङ, रुकुम, रोल्पातिर मोहनविक्रम सिंह कम्युनिस्ट राजनीति बढाउँदै थिए । त्यो बेलाका जल्दाबल्दा नेता सिंहको अभियानप्रति वामदेव पनि आकर्षित भएर सांस्कृतिक कार्यक्रम, आमसभा, जुलुस आदिमा सहभागी हुन्थे ।

तर, सिंहलाई वामदेव आफ्नो संगठन या अभियानमा सरिक भएको सम्झना छैन । ‘द्रोणाचार्यलाई एकलव्यले गुरु मानेजस्तै होला उनको मप्रतिको सद्भाव’, सिंह भन्छन्, ‘एउटै भेगको भए पनि उनी हाम्रो राजनीतिसँग कहिल्यै जोडिएनन् ।’ वामदेव बरु पुष्पलाल समूहसँग जोडिए २०२६ सालमा, कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भएर ।

उनलाई जोड्ने कडी थिए, जीवराज आश्रित, मोदनाथ प्रश्रित, गोविन्द ज्ञवाली र देवी पाण्डे आदि । २०२५ सालमा मत्स्यपालन केन्द्र, भैरहवामा जागिर खाएका उनी एक वर्षपछि कम्युनिस्ट राजनीतिमा लागेका थिए । ‘फाटेका चप्पल, सात–आठ कक्षा मात्रै पढेका वामदेव बडो बिचरा अवस्थामा भेटिएका थिए’, प्रश्रित सम्झिन्छन्, ‘पुष्पलालको पार्टी खोज्दै आउँदा हामीले उनलाई राजनीतिमा प्रवेश गराएका थियौं ।’

मदन भण्डारी, जीवराज आश्रित, प्रश्रितहरूसँगै राजनीतिमा सक्रिय गौतम २०३३ सालमा पुष्पलालसँग मतभेद भएर ‘मुक्ति मोर्चा’ गठन गरिँदा त्यतै लागे । त्यही वर्ष रूपन्देहीबाट पक्राउ परेका उनी २०३५ सालमा जेलमुक्त हुँदा मुक्ति मोर्चा र झापा विद्रोहको पृष्ठभूमि भएको कोअर्डिनेसन केन्द्रबीच एकता भईवरी नेकपा ९माले० गठन भइसकेको थियो । त्यसपछि नेकपा मालेमा आबद्ध भए । माले हुँदै एमाले, एमाले फुटाएर माले, एकता गरेर फेरि एमाले र अहिले नेकपाको उपाध्यक्ष भएका छन् उनी । उनको ५१ वर्षे राजनीतिक यात्रा यही हो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस