काठमाडौं । कतार पुगेपछि अर्घाखाँचीका नियमबहादुर विश्वकर्माले कम्प्युटर चलाएर काम गर्ने सपना देख्न छाडे । हातमा प्लस टु र कम्प्युटरमा डिप्लोमाको सर्टिफिकेट थियो । अंग्रेजी भाषा पनि जान्दथे । तैपनि उनले क्षमता अनुसारको अवसर पाइरहेका थिएनन् । कम्पनीले ‘क्लिनर’ को काम दिइरह्यो ।
कतारले कम्पनी परिवर्तन गर्न रोजगारदाताको अनुमति नचाहिने नियम ल्याएपछि भने उनी खुसी छन् । नियमबहादुरले फेरि प्रशासन सहायकको काम गर्ने सपना देख्न थालेका छन् । यसअघि आफ्ना कामदारलाई छाडेर आफूखुसी अन्त जान नदिन कम्पनीका लागि ‘रिलिज पेपर’ निकै बलियो हतियार थियो । जस्तो व्यहार गरे पनि श्रमिकले काम छोड्ला र अन्त जाला भन्ने डर कम्पनीलाई थिएन । कम्पनीसँग बाँधिएर श्रमिकले बाध्य भएर एकै ठाउँमा काम गर्नुपर्दथ्यो । अनुभव र क्षमता भए पनि श्रमिक पेलिएर काम गर्नुपर्थ्यो ।
रिलिज नचहिने प्रावधानले वर्षौंदेखि थुनिएर बसेका क्षमतावान् श्रमिक खुला भएका छन् । ‘अब कम्पनीले भिसा रद्द नै गरेर श्रमिकको इच्छाविपरीत नेपाल पठाउन सक्तैन । यो नभएपछि आफ्नो रुचिअनुसारको काम रोज्न पाएका छन्,’ कतारको श्रम मामिलाका जानकार दीपक भेटवालले भने, ‘यसले श्रमिकको आत्मविश्वास र मनोबल बढ्ने भयो ।’
सामान्य श्रमिकका रूपमा पुगेका नेपालीले कम्पनीको माथिल्लो तहमा पनि प्रतिस्पर्धा गर्न पाउने वातावरण बनेको छ । सधैंभरि तल्लो तहमा न्यून तलबमा मात्रै काम गरिराख्नुपरेन । यति भएपछि कम्पनीले आफ्ना श्रमिकलाई उचित व्यवहार गर्नुपर्ने हुन्छ । कान्तिपुरमाम खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ भदौ २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
राष्ट्रपति पौडेल कतारमा
कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनले जनाए असन्तुष्टि
नेपाल र कतारबीच के के विषयमा भयो सम्झौता ?
नेपाल-कतारबीच ६ वटा विषयमा समझदारी