सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराउँदै आएको छ । शिक्षा विभागले उपलब्ध गराएको विद्यार्थी भर्ना तथ्यांकका आधारमा हरेक वर्ष जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्दै आएको छ ।
हरेक वर्ष करोडौं रुपैयाँको पाठ्यपुस्तक छपाइ हुन्छ । त्यसरी छापिएका पाठ्यपुस्तकलाई विद्यालयले बालबालिकाको संख्याका आधारमा किनेर विद्यार्थीका हातमा पुर्याउने प्रावधान छ । तर, ती पाठ्यपुस्तक बिक्री हुन नसक्दा जनक शिक्षाको क्षेत्रीय गोदाममा थन्किने गरेका छन् ।
जनक शिक्षाले गत वर्ष कक्षा ६ देखि १० सम्मका पाठ्युपस्तक २ करोड थान छापेको थियो । उसको धनगढी, नेपालगन्ज, पोखरा, भरतपुर, जनकपुर र विराटनगरमा क्षेत्रीय कार्यालय तथा गोदाम छन् । तिनै कार्यालयबाट पाठ्यपुस्तकका एजेन्टले सम्बन्धित जिल्लामा ढुवानी गर्छन् ।
जनक शिक्षाका प्रशासकीय तथा प्रेस प्रमुख कृष्ण कटुवाल गत वर्ष मात्र ३२ लाख थान पाठ्यपुस्तक बिक्री नभएको बताउँछन् जसको लागत १५ करोड रुपैयाँ पर्न आउँछ ।
पाठ्यपुस्तक ढुवानी गर्ने एजेन्ट र विद्यालयका शिक्षकले ‘जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तकको सेट एकैसाथ उपलब्ध नगराउँदा बिक्रीवितरण हुन नसकेको’ भन्दै आएका छन् । नयाँ पुस्तकको सेट प्राप्त नहुँदा विद्यालयहरूले पुरानै पाठ्यपुस्तक पढाउने गरेको दाबी गर्दै आएका छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ फागुन २०७४, ०८ : २३
लेखकबाट थप